fbpx

भारतमा रेमाल आँधीका कारण २ जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

रेमाल चक्रवातका कारण भारतको पूर्वीराज्य पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । चक्रवाती तुफानले पश्चिम बंगाल र बंगलादेशको तटीय क्षेत्रहरूमा पूर्वाधार र सम्पतीमा व्यापक क्षति गरेको छ । अधिकारीहरुका अनुसार पश्चिम बंगालको राजधानी कोलकाताको एन्टली क्षेत्रको बिबिर बगान क्षेत्रमा अविरल वर्षाका कारण पर्खाल भत्किँदा एक ५१ वर्षीय व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सुन्दरवन डेल्टा नजिकैको नामखाना नजिकै रहेको मौसुनी टापुमा सोमवार बिहान रुख ढलेर एक वृद्धाको मृत्यु भएको छ । चक्रवातका कारण रुख ढलेका कारण नगरको माणिकतला क्षेत्रमा तीन जना घाइते भएका छन् । अधिकारीहरूले चक्रवातले झुपडीहरू र उखेलिएका रूखहरू र बिजुलीका खम्बाहरू उखेलेको बताएका छन् । चक्रवातका कारण २१ घण्टाका लागि अवरुद्ध भएको कोलकाता विमानस्थलको उडान सेवा सुचारु भएको छ । स्थिति सामान्य हुन अझै समय लाग्ने अधिकारीहरुले बताएका छन् । स्थानीय सरकारले चक्रवात आउनुअघि नै जोखिममा रहेका क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ । पीडितलाई खाना, पिउने पानी र स्वास्थ्य सहायता उपलब्ध गराएर राहत कार्य थालिएको अधिकारीहरुले बताएका छन् । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन