मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहिको माग

author

समाचारपाटी

२ years अगाडि

सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज आईतवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो । उहाँले कफ्र्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गर्नुभयो । अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धी र देशको उन्नती प्रगतिको पक्षमा रहेको बताउनु भयो । 

अन्सारीले भन्नुभयो, ‘मुस्लिम आयोगको तर्फबाट र माननीय सांसद् ज्यु संयुक्त रुपमा जुन अहिलेको विषय मलगंवाको विषयमा र मधेश प्रदेशका केही जिल्लाहरुमा पनि जुन अराजक तत्वहरुले हाम्रो धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेका छन् । सामाजिक सद्भाव जुन सदिऔंदेखि हिन्दु, मुस्लिमहरु हामी मिलेर बसिरहेको समुदायविचमा केहि तत्वहरुले त्यसलाई विथोल्ने प्रयास गरिरहेको विषयमा शान्ति सुरक्षाका लागि र यसमा ठोस रुपमा प्रशासनको संलग्नता हुनुपर्यो भन्ने विषयमा हामीले ध्यानाकर्षण गरायौँ । जुन प्रकारको अहिले कफ्र्यु छ, कफ्र्युको बाबजुतपनि मुस्लीम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने यी यावत कुराहरु जुन् छ । यस विषयमा मन्त्री ज्यूलाई विशेष रुपमा ध्यानाकर्षण गरायौँ । उहाँले चहीँ अत्यन्तै गम्भिरताका साथ यो विषयमा ठोस कदम चाल्छौं । दोषी जो भएतापनि कारबाहीको दायरमा ल्याउँछौ भनेर भन्नुभएको छ ।  अहिले मलगंवामा अफ्ठेरो परिस्थिति छ । वीरगञ्जमा पनि घरमा छिरेर हात भाच्ने प्रयास भयो । यस्ता तत्वहरुलाई कानुनी दायरामा नल्याएसम्म देश शान्तिको दिशामा देश जान सक्छ भनेर मलाई लाग्दैन । मुस्लिम समुदाय देशम शान्ति हुनुपर्छ, समृद्ध हुनुपर्छ, देशको उन्नती र प्रगति हुनुपर्छ भन्ने चाहन्छ । आज मुस्लिम समुदायलाई हिन्दुले होइन, अन्य जातिले होइन, केहि अराजक तत्वहरुले प्रहार गरिरहेको छ । यसमा चाही हामी गम्भिर हुनुपर्छ । मन्त्री ज्यूले अत्यन्तै गम्भिर भएर यसको समाधान निकाल्ने बचनवद्धता हामीलाई दिनुभएको छ ।’

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिती सृजना भएको थियो । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन