fbpx

प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको रेखा शर्माको भनाइ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताउनुभएको छ ।

बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताउनु भयो । उहाँले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गएपनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताउनु भयो । उहाँले डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको छ । यस्तो समयमा महिलाहरुलाई सिमित घेरामा राख्न खोज्ने पितृसत्तात्मक चिन्तन,सामाजिक कुरिती,गरिबी,शिक्षाको पँहुचमा कमी,सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र संरचनाको कारण महिलाहरुको जीवन जसरी सहज हुनपर्ने हो । सहज हुन सकेको छैन । अझै पनि जटिलता देखापरिरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि गर्दै पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी भएको छ । डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ । प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार हुन सकेको छैन । वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । उहाँले मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताउनु भयो ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन