रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ

author

समाचारपाटी

७ महिना अगाडि

रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रवार धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२ को राम ललित खत्वे मण्डल, सोही ठाउँका खजुरी बस्ने वर्ष २० को ज्ञानेन्द्र दास र ऐ. शहीदनगर नगरपालिका वडा नं.८ नाथपट्टी बस्ने वर्ष २४ को रमेशकुमार मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । मंसिर ८ गते जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरी र ऐ. कमला नगरपालिका वडा नं.२ सरावेको बीच सीमानामा रहेको आमा खोलामा नामथर वतन नखुलेको महिलाको मृतक शव प्लाष्टिकको बोराभित्र रहेको वेवारीसे अवस्थामा फेला परेको थियो । उक्त बोरा खोली हेर्दा मृतक शवको अनुहारको बायाँतर्फ गालामा चोट लागेको, घाँटी काटीएको अवस्थामा रहेकोमा उक्त शवको प्रारम्भिक अनुसन्धान लासजाँच मुचुल्का गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा पठाइएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनु भयो । मृतक महिलाको घर जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.५ उधा टोलमा रहेको बताउनु भयो । मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी हत्या गरेर फरार भएकोमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बताउनु भयो । 


मृतक रेखाकुमारी मण्डलको विवाह गर्ने, सँगै बस्ने सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको बताउनु भयो । मृतक रेखाकुमारी मण्डलको करिव ५÷६ वर्ष अगाडीदेखि रामललित मण्डल खत्वेसँग प्रेम सम्बन्ध रहेको खुलेको जानकारी दिनुभयो । रेखाकुमारी मण्डलको घर परिवारको मानिसहरूले उक्त सम्बन्ध स्वीकार नगरेको हुँदा रेखाकुमारी मण्डल आफ्नो घरबाट भागी रामललित मण्डल खत्वेसँग विवाह गर्न दबाब दिएको, रामललित खत्वे मण्डलले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपश्चात मात्र विवाह गर्ने भनेकोमा सोही विषयमा विवाद हुँदा घटना भएको जानकारी पाएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार २७, २०८२

२०.८४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ