गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नेपाल एयरलाइन्सको नियमित उडान

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलवार) देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ । 


मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताउनु भयो । उहाँले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताउनु भयो । मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिनुभयो। उहाँले वायु सेवा निगमका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट निगमलाई नभएको बताउनु भयो। 


उहाँले  भन्नुभयो,‘नेपाल वायुसेवा निगमलाई आफ्ना जहाज घाम तपाएर आराम गरेर बस्ने छुट छैन । निरन्तर आफ्नो, लुम्बीनी,देशको प्रचार र बजारीकरणको निम्ति गति बढाएर अघि बढ्न अनुरोध र निर्देशन दिन चाहन्छु । लुम्बिनीबाट दिल्ली जान चाहन्छ हामी कोशिस गरिहेका छौं । अन्य गन्तव्य हामी जान चाहन्छौं । त्यो भएन भने पनि मेलेसियाबाट आएको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट मेलेसिया उड्ने निरन्तरता दिनुपर्छ ।’

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिष्ट सर्किटको विकास गर्न  कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरुलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताउनु भयो। उहाँले लुम्बिनीको क्षेत्रबाट मेलेसिया लगायत अन्य देशमा वैदेशिक राजगारीमा जानेहरु घर फर्कन सहज बनाउने योजना रहेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने बताउनु भयो। 

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन