इक्यानको उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता

author

समाचारपाटी

२ years अगाडि

पोखरा। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे छ । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाउनुभएकाे छ । समाज सप्तरङ्गीभएपनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गर्नुभएकाे छ ।

पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता र करिअर कोचका रूपमा क्रियाशील राजन गोदार अलाइट ग्रुपअफकन्सल्ट्यान्टका सञ्चालक हुनुहुन्छ । इक्यानको पदाधिकारीमा रहने चाहनानहुँदानहुँदै पनि बहुसङ्ख्यक इक्यानियन साथीहरूको सुझाव र जोडबलमा उम्मेदवारी दर्ता गराएको जनाउनुभएकाे छ । गोदार विगतदेखिका नेतृत्वले इक्यानलाई सही मार्गदर्शन गर्न असफलभएका कारण योजनासहितका प्रतिज्ञापत्र लिएर चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रूपमाउत्रिनुभएकाे हाे ।
सङ्घलाई सुशासनयुक्त, पारदर्शी, जवाफदेही र गतिशील बनाएर गन्तव्य पहिचान गर्न नेतृत्व उदार हुनुपर्छ । आवद्ध सदस्यहरूको समान सहभागिता, क्रियाशीलता र सिर्जनशीलतासँगै समान अवसरका लागि आवाज उठाउन ढिला भएकाले पेचिलो मुद्धासहित इक्यानको चुनावी मैदानमा होमिएको गोदारले सार्वजनिक गर्नुभएकाे छ । आफू उपाध्यक्ष चुनिएमा स्मार्ट कार्यसम्पादनसँगै प्रविधिलाई उपयोग गर्दै थप व्यवसायिक बनाउन पहल र प्रयास गर्ने जिकिर गर्नुभएकाे छ । मुलुकभरि रहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई गोलबन्द गरी छाता सङ्गठनका रूपमा साझा चौतारी र अपनत्वको भावना महसुस गराउन मत मागेका छन् ।

राजन गोदारले आफ्नो प्रतिज्ञापत्रमा लेख्नुभएकाे छ, ‘इक्यानको कार्यसमितिमा म नहुँदैमा आकाश खस्दैन, सत्य यो पनि हो अब्बल, असल र इमान्दार साथीहरू कार्यसमितिमा चुनिनुपर्छ । सम्पूर्ण सदस्यहरूको चौतर्फी हितकालागि समर्पित कार्यसमिति बनाउन सक्नु ठूलै चुनौतीभएपनि उत्तरदायित्व पनि हाम्रै हो । ’गोदारले मत दिने मात्रै होइन, लिने कामका लागि उम्मेदवारीदर्ता गरेको खुलस्त गर्नुभएकाे छ । १ सय ५० भन्दाबढी इक्यानियन साथीहरूसँग सर्भेगरीसुझाव मागेर उपाध्यक्षमा उम्मेदवारी किटान गरेको जनाउनुभएकाे छ । गोदार आफ्नो उम्मेदवारीलाई पुष्टि गर्दै लेख्नुहुन्छ ‘हामीकहाँ छौं, पुग्नुपर्ने कहाँ हो र जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्ने कसरी?’ भन्ने सवाल र उपाय हामी सबैको सर्वाधिक चासोको विषय हो र हुनुपर्छ । उपाध्यक्षको भूमिकामा मेरो उम्मेदवारी विशेष गरेर यसै सवालमा केन्द्रित छ । यस सवालको जवाफमा आफ्नो सम्पूर्ण ज्ञान, विवेक, अनुभव लगाएर ठोस पहलकदमी लिने प्रतिज्ञा गर्दछु ।

इक्यान नितान्त व्यावसायिक सङ्गठन हुँदाहुँदै पनि राजनीतिक दलीय शक्तिकेन्द्रहरुबाट शासित छ । स्वशासित बन्नुपर्छ भनेर नयाँ नेतृत्वलाई अनेक दलीय शक्तिकेन्द्रहरुबाट प्रभावित हुन जोगाउने रक्षक पनि चाहिएकै छ । त्यो सचेत मार्गदर्शक, रक्षक भूमिका निभाउन जुनसुकै हद पार गर्ने प्रतिज्ञा गर्दछु । र साझा अवसरको सिर्जना, समस्या र चुनौतीको समाधान, प्रतिष्ठा र पहिचानका लागि कहिल्यै सम्झौता गर्ने छैन ।

इक्यान र इक्यानियनको कामलाई राज्य स्वयम्ले चिनोस् जानोस् र बुझोस् । राज्यले अनेक अनुमति र नियमका नाममा चौतर्फीनदौडाओस् । भिसा निवेदन दिन पाइयोस् भिसाको भिख माग्न नपरोस् । गोदार आह्वान गर्छन् ‘आउनुस् एउटा साझा प्रतिज्ञा गरौं, त्यो दिन ल्याइछोड्ने प्रतिज्ञा गरौं, जुन दिन हामी सबै इक्यानियनले गर्वका साथ भन्न सकौं– ‘म इक्यानियन’, ‘म एजुकेसन कन्सल्ट्यान्ट । ’

यही असार ३० गते शनिवार आज हुने इक्यानको अधिवेशनमा ३ उपाध्यक्ष पदका लागि गोदारसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेषराज भट्टराई र विष्णुहरि पाण्डे नेतृत्वको प्यानलबाट अरू ६ जना उम्मेदवार पनि चुनावीमैदानमा होमिएका छन् ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन