काठमाडौं l पछिल्लो समय भएका धेरै अध्ययनअनुसार खाद्यवस्तुहरूमा प्रयोग गरिने कृत्रिम रङ बनाउन पेट्रोलियम पदार्थ प्रयोग गरिन्छ । जसले मानव र जनावरको शरीरमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी यस्ता रङको प्रयोगले क्यान्सरको जोखिम बढाउँछ ।
अमेरिकाले पनि अनुसन्धानपछि खानामा प्रयोग हुने रङ रातो डाइ नम्बर ३ प्रतिबन्धित गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले सिन्थेटिक फुड कलर रातो डाइ नम्बर ३ मानव उपभोगका लागि हानिकारक रहेको भन्दै यसको सेवनले मानिसमा क्यान्सरको जोखिम हुने बताएको छ ।
मार्समेलो, कटन क्यान्डी र धेरै अन्य क्यान्डी उत्पादनमा कृत्रिम रङको प्रयोग भएको पाइयो । फ्रुटजुस, रंगीन पेय, सोडा वा ककटेल पेय, केक, केही प्रोटिन शेक र एनर्जी ड्रिक, प्रशोधित मासुका परिकार जस्तो ससेजमा पनि कृत्रिम रङको प्रयोग हुन्छ ।