टर्किएले प्रमुख ऊर्जा र यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने घोषणा गरेको छ । उर्जा मन्त्रालयको प्रतिनिधिमण्डलले जतिसक्दो चाँडो सिरियाको बिजुली र ऊर्जा पूर्वाधारको जाँच गर्ने र ऊर्जा संकटलाई सम्बोधन गर्न समाधान प्रश्ताव गर्ने बताएको छ । यसैबीच टर्कीका यातायात र पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले टर्किएले सिरियाको यातायात केन्द्रहरूको पुनस्र्थापनाका लागि दमस्कस र एलेप्पोको विमानस्थल पुनस्र्थापना गर्ने प्रयास गर्ने बताउनु भयो । अनादोलु पब्लिशर्स फेडेरेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उरालोग्लुले एयरपोर्टहरूको निरीक्षण गर्न एउटा टोली सिरिया पठाइएको बताउनु भयो । टर्कीका विदेश मन्त्री हाकान फिदानले दमास्कसमा हयात तहरीर अल–शाम कमाण्डर अहमद अल–शारासँगको भेटमा सिरियाको पूर्वाधार पुनर्निर्माण, यसका संस्थाहरूको पुनर्संरचना र विस्थापित सिरियालीहरूलाई फिर्ता गर्न टर्कीले समर्थन गर्ने वाचा गरेपछि यो घोषणा गरिएको बताउनु भयो ।
सिन्ह्वा