fbpx

रवि लामिछाने पोखराबाट वीरगञ्ज लैजाने तयारी

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार राति पोखरा लगिएको छ। अब उनलाई थप अनुसन्धानका लागि पर्साको वीरगञ्ज लैजाने तयारी भइरहेको छ।

चितवन जिल्ला सरकारी वकील कार्यालयमा मंगलबार र बुधबार गरी लामिछानेसँग दुई दिन बयान लिइएको थियो। उनीमाथि चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप लागेको छ।

लामिछाने बयान दिइरहेका बेला चितवनमा उनका समर्थकले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।

लामिछानेमाथि गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोप लागेका छन्। सहकारी ठगी प्रकरणमा उनीसँग चितवनलगायत कास्की, रुपन्देही र काठमाडौंमा पनि बयान लिइसकिएको छ।

जिल्ला अदालत पर्साले वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धानका लागि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई, र रामबहादुर खनालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। यही आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट वीरगञ्ज लैजाने तयारी गरेको छ।

यो घटनाले सहकारी क्षेत्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ भने लामिछानेका समर्थकले उनलाई राजनीतिक षड्यन्त्रमा तानिएको आरोप लगाइरहेका छन्।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक