fbpx

रास्वपाकाले २ तिहाई बहुमतको सरकार बनाउने रवि लामिछानेको दाबी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गर्नुभएको छ । 


वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले वाग्ले र खरेलजस्ता विज्ञहरुले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गर्नुभयो । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आउनुभएको सिंगो देशका लागि उज्यालोको संकेत भएको उहाँको भनाई थियो । 


साभापति लामिछानेले भन्नुभयो, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन । त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं । अन्त्यमा पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत र साथ दिनुभयो ।

म दुवै जना साथीहरुलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु । तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईहरु दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ । यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ ।

यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईहरुले एउटा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनु भएको छ । यस अर्थमा तपाईहरुले यो मुलुकलाई, यो ठाउँलाई र तपाईहरुले सिंगो समाजलाई र र सिंगो देशलाई आशाको जुन किरण झल्काई दिनु भएको छ । यो गुण तपाईले लगाउनु भएको छ । मलाई विश्वास छ । आउँदै गरेको पुस्ताले तपाईले लगाउनु भएको यो गुणलाई सम्झने छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं । जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन् ।

र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ । जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ । म त्यो दिनको सपना देखिरहेको छु । यो सपना मैले सुतेर, निदाएर देखेको सपना होइन ।’
सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताउनु भयो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने