fbpx

रास्वपालक्षित शंकर पोखरेलको टिप्पणीः नयाँ–पुरानोको बहसले मुलुकमा समस्या थपियो

author

समाचारपाटी

८ महिना अगाडि

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताउनुभएको छ ।


महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरुको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गर्नुभयो । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रवार गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गर्नुभयो । महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरुको विकल्प नभएको दोहो¥याउनु भयो । उहाँले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरुको दृष्टान्त पेश गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरुको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताउनु भयो । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठूला राजनीतिक दलहरुबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो । 
उहाँले भन्नुभयो, ‘हामी हाम्रो मुलुक भित्र नयाँ र पुरानोको बहस गरेर के गरिरहेका छौं ? मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेका छाैँ । जे समस्या हो, त्यो समस्यालाई विस्तार गरिरहेका छौं । समस्या हल गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुन सकिराखेको छैन । त्यस अर्थमा अव हामीले भन्न सक्नु पर्दछ–जनताका बीचमा अव नयाँ नयाँ प्रयोग होइन । धेरै राजनीतिक दलहरुका बीचमा जनमतलाई विभाजित गर्ने होइन । अब राष्ट्रको आवश्यकता जनमतको धुव्रीकरण, राजनीतिक दलहरुको ध्रुबीकरण, बलिया राजनीतिक दलहरुको निर्माण । यो नै अहिलेको राष्ट्रिय आवश्यक्ता हो । त्यसले मात्रै विकास र समृद्धिको नेतृत्व गर्नसक्दछ । हो, निरंकुशताको कालमा राजनीतिक दलहरुले आफ्ना नीतिको आधारमा राजनीति बिस्तार गर्न सक्दाखेरी धेरै पार्टीहरु अस्तित्वमा रहे । यो सच्चाई हो । तर जब विकास र समृद्धिको प्रश्न अगाडि आउँदछ । जव लोकतान्त्रिक समाज व्यवस्थाको निर्माण हुने गर्दछ । त्यसपछि धेरै राजनीतिक दलहरु होइन, बलिया राजनीतिक दलहरुको आवश्यक्ता पर्दछ भन्ने सच्याईलाई हामीले जनताका बीचमा लिएर जान सक्नुपर्दछ । त्यसले मात्रै मुलुकको विकास र समृद्धिको आधारशीला तयार गर्नसक्दछ । भन्न सक्नुपर्दछ–ठूला पार्टी भित्रै सुधार सम्भव छ । नीतिको विकल्प पनि त्यही खोज्न सकिन्छ, नेतृत्वको विकल्प पनि त्यही खोज्न सकिन्छ । त्यस अर्थमा नेपाललाई अस्थिरताको प्रयोगशाला नबनाऔं । स्थायित्वतर्फ लिएर जाऔं भन्ने कुराको अपिल गर्न सक्नुपर्दछ । ’महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन