fbpx

चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जित्नुभयाे रारा राष्ट्रिय म्युजिक अवार्ड

author

समाचारपाटी

१ year अगाडि

गीत संगीतमा होस् या अन्य क्षेत्रमा सम्पादनको भूमिका बिशेषनै रहन्छ। म्युजिक भिडियो निर्माण पछि तयार भएको दृश्यलाइ फुल बुट्टा भरेर बाहिर पठाउन बिशेष भूमिका खेल्ने कामनै सम्पादनकर्ताको रहन्छ। सोहि सम्पादनकर्ता मध्ये एक लोकप्रिय भिडियो सम्पादक हुनुहुन्छ। मिलन बिश्वकर्मा।

झन्डै १ दशक लामो संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गरेर आम नेपालीको मन जित्नुभएका लोकप्रिय भिडियो सम्पादक मिलन बिश्वकर्मा यो बेला कलाकारको पहिलो रोजाई बन्ने गर्नुभएकाे छ। उहाँले सम्पादन गरेका अधिकांश गीतहरु संगीत क्षेत्रमा करोड क्लबमा प्रवेश गर्न सफल गीतहरु पर्दछन। सोहि बीच केहि समय अगाडी मात्रै सम्पन्न रारा राष्ट्रिय म्युजिक अवार्डबाट उहाँले सम्पादन गरेको उत्कृष्ट गीत ‘घुम्तीमा रेल’बाट उत्कृष्ट सम्पादनको अवार्ड हात पार्नुभएकाे छ।

राष्ट्रपति बिध्यादेबी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा सम्पादनको भूमिकाबाट ५ मध्ये उहाँ उत्कृष्ट बनेर अवार्ड हात पार्नुभएकाे हाे। काठमाण्डौको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभा गृह हलमा उहाँ अवार्डबाट सम्मानित हुनुभएकाे हाे। हाल सम्म मिलनले झन्डै ३ हजार भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसक्नुभएकाे छ ।

दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा न ९ मा २०५२ सालमा जन्मिनुभएका मिलन सानैदेखि केहि गरौ भन्ने सोच बोक्नुभएकाे थियाे,पढाइमा पनि उहाँ निकै उत्कृष्ट बिधार्थीभित्र पर्ने गर्नुहुन्याे। १७ बर्षकै कलिलो उमेरदेखि सम्पादनमा चासो राखेर अगाडी बढ्नुभएका उहाँ हाल अहिले चलेका सम्पादकहरुको उत्कृष्ट लिष्ट भित्र पर्नुहुन्छ। सुरु सुरुमा काठमाण्डौमा निकै संघर्ष गर्न पर्यो मिलनलाइ। हाल उहाँ बि स्टार फ्लिम्समा कार्यरत भए पनि आफ्नै प्रोडक्सन हाउस समेत खोलेर बस्नुभएकाे छ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा