प्रहरी निरीक्षक न्यौपाने कै संरक्षणमा रंगेलीमा खुल्ले आम तस्करी

author

समाचारपाटी

२ years अगाडि

बिराटनगर । मोरङको रंगेली क्षेत्रका नाकाहरूबाट प्रहरी संरक्षण र सेटिङमा ठूलो मात्रामा तस्करी धन्दा हुने गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेको कमाण्डमा खटिने सुरक्षाकर्मी र तस्कर विचमा ठुलो मात्रामा तस्करी हुने गरेको स्रोतले बताएको छ । गाईगोरू र अन्य सामानको तस्करीको लाइन चलाएको आरोप स्थानियले लगाएका छन । मोरङको दूध डेरी पूर्व घर भएका स्थानीय निरीक्षक न्यौपानेलाई निर्वाचनमा सजिलो होस भन्नका खातिर नेपाली काङ्ग्रेसका नेताहरूले मागेर सरूवा गराएको स्रोतले दावी गरेको छ ।

स्थानीय भएको कारण पनि उहाँले बर्दीको आतंक मच्चाउने गरेको स्थानीयको आरोप छ । केही दिन पहिले स्थानीय डायनियां चोकमा पान पसल संचालन गरेर बसेका दिपेन साहले औषधी व्यवस्था बिभागले प्रतिबन्ध गरेको नशालु औषधी बिक्रीवितरण गरेको सुचना इप्रका रंगेलीमा पुगेपछि साहलाई पक्राउ गरि एक लाँख रूपैयाँ लिएर बिना कार्वाही छोडिएको समाचार पनि बाहिर आएको छ । निज पानपसले साहले पहिलेदेखि नै यस्तो गलत कारोवार गर्ने गरेको सुचना पाएपछि प्रहरीले एक लाख लिएर छोडेको कुरा बाहिर आएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालासंग प्रश्न गर्दा उहाँले आफुलाई यससम्बन्धमा जानकारी नभएकोले सोधपुछ र छानबिन गर्ने बताउनुभयाे ।

आफुलाई प्रहरी संगठनको भावी नेतृत्वको दावी गर्ने र यसै बर्षको प्रहरी दिवसमा उत्कृष्ट प्रदेशको ट्रफी पाएका डिआइजी सुदिप गिरी भएको प्रदेश मात्रै नभएर प्रदेश मुख्यालय रहेको जिल्लाको दोस्रो व्यापारिक र तस्करीको नाका रंगेलीबाट खुलेयाम तस्करी भैरहदा समेत उहाँ मौन बस्नुले तस्करीको भाग उहाँलाई समेत पुग्ने गरेको हो कि भन्ने आशंका समेत उब्जिएको छ । अन्यथा उहाँले किन नियन्त्रण र कार्वाही गर्न सक्नुहुदैन ।

अहिले यो नाकाबाट गाईगोरूको तस्करी व्यापक मात्रामा भैरहेको छ । बल्लु मियाँ र ताहिर मियाँ हरिचन्द्रगढी अर्थात सिक्टी नाकाबाट गाईगोरूको तस्करी व्यापक मात्रामा गरिरहेका छन् । यी गाईगोरूका दुबै तस्करले रंगेली प्रहरीलाई मासिक १ ÷ १ लाख रूपैयाँ दिने गरेको समेत उनीहरू आफैंले खुलेयाम बताउने गरेको स्थानीय सन्जु यादवले बताउनुभयाे । यी तस्करहरूले स्थानीय हटियाबाट गाईगोरू खरिद गरि बेलबारी जमुना , कुशलचोक हुदै भारती बजारमा लैजान्छन । प्रहरीको सेटिङमा सातामा तीनपटक गाईगोरूको तस्करी धन्दा गर्ने यी दुई मियाँले एकपटकमा १० वटासम्म गाईगोरू सिक्टी बोर्डर पुर्याउने गर्छन् । यसरी लैजाने समूह एक पटकमा ४ देखि ५ जनासम्म हुने गर्दछन ।

त्यतिमात्र होइन इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले अन्य सामानको तस्करीको लागि दुई जना व्यापारीहरूलाई तस्करीको लाइन दिएको समेत सार्वजनिक भएको छ । किसान र सानालाई दुख तस्करलाई छुट भनेजस्तै भएको छ रंगेलीमा । सिक्टी बोर्डर हुदै डायनियां सम्म तस्करीको लाइन बरूण साहलाई दिइएको छ भने बौका चोप्रा हुदै गर्ने तस्करीको लाइन प्रदिप साहलाई दिइएको छ । तस्करीको लाइन दिएबापत प्रहरीलाई मासिक पाँच लाखका दरले उनीहरूले रकम दिने गरेको समेत आरोप लागेको छ । यससम्बन्धमा एसपी कोइरालासंग जिज्ञासा राख्दा उहाँले आफुले तत्कालै छानबिन गर्ने बताउनुभयाे । साथै निरीक्षक न्यौपानेले धेरै व्यवसायीहरूसंग कसैसँग रड , जस्तापाता , मोवाइल र बिदेशी मदिरा माग्ने गरेको कुरा पनि सार्वजनिक भएको छ । रंगेली प्रहरीको उठन्ती धन्दा र निरीक्षक न्यौपानेको तस्करीको लाइन दिएको बिषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र उजुरी छानबिनमा समेत उजुरी सहित जानकारी पुगेको छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन