मोरङमा कार्यवाहक मेयर र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, आक्रमणबाट ४ नगरप्रहरी घाइते

author

समाचारपाटी

१२ महिना अगाडि

विराटनगर । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि एउटा समूहले दुर्व्यवहार गरेको छ। नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयाे। उहाँका अनुसार ६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुर्व्यवहार एवं हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोही समूहको आक्रमणमा परेर ४ जना नगररक्षक (नगरप्रहरी)समेत सामान्य घाइते भएका छन्। नगरप्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका जानकारी डीएसपी बस्नेतले दिनुभयाे। उहाँका अनुसार शरीरका विभिन्न भागमा चोटपटक लागेका घाइतेको रंगेलीमै उपचार भइरहेको छ।

निजी विद्यालयहरुले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी आफूलाई विद्यार्थी बताउने समूहले नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो। तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै रंगेली–७ स्थित नगरपालिकाको कार्यालयमा गत बुधबार विद्यार्थीसहित १५र२० जनाको समूह भेला भएर विरोध गरेको थियो।

निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेको समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवले गर्नुभएकाे थियाे। रंगेली जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीसमेत संलग्न रहेको समूह दिउँसो ४ बजेपछि तितरबितर भएको थियो।

यादवको नेतृत्वमा ६ जना पुनः भोलिपल्ट अर्थात बिहीबार दिउँसो ३:३० बजेतिर नगरपालिका पुगेर नाराबाजी गरेका थिए। त्यतिबेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरुले कार्यवाहक मेयर र प्रमुख प्रशासकीयमाथि दुर्व्यवहार गरेको डीएसपी बस्नेतको भनाइ छ। उहाँका अनुसार कार्यकक्षमा प्रवेश गर्नबाट रोक्न खोज्दा नगरप्रहरीलाई समेत आक्रमण गरिएको छ।

‘कार्यकक्षमा प्रवेश गरेर हातपात एवं दुर्व्यवहार गर्दै टेबल र कुर्सीले प्रहार गर्न खोजेको सीसी क्यामेरा फुटेजमा देखिन्छ,’ बस्नेतले भन्नुभयाे, ‘रोक्न खोज्दा नगरप्रहरीमाथि पनि आक्रमण गरियो।’ उहाँका अनुसार विद्यार्थीको नाम लिएर गैरविद्यार्थीको समूहले हुलदंगा मच्चाउन खोजेको खुलेको छ। ‘विरोधमा उत्रनेमध्ये केही विद्यार्थीहरु पनि छन्,’ उहाँ भन्नुहुन्छ, ‘तर, अधिकांश गैरविद्यार्थीहरु हुन्।’

घटनाको जानकारी पाउनसाथ खटिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दुर्व्यवहार एवं आक्रमणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्। पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुलाई छाड्न र मुद्दा नचलाउन नेपाली कांग्रेसका नेताहरुले दबाब दिइरहेको प्रहरी स्रोतले बतायो।

annapurnapost


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन