जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताउनुभएको छ ।
आईतवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन अधिकृतको कार्यालयले दाबीबिरुध बिरुद्ध उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले २ जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेको छ । यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौँ । गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ ।’जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।