छोरेपाटन चिसापानी हुदै कुभिण्डेसम्मको सडक २ बर्ष भित्र पिच गर्न पहल गर्ने उम्मेदवार बरालको भनाई

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताए । चुनाव प्रचार प्रसारको अन्तिम दिन विहिबार पोखरा २२ को चिसापनीमा आयोजित कोण सभामा वोल्दै उम्मेदवार जीवन र प्रकाशले यस्ता निर्णय गर्दा स्थानियको इच्छा र हित विपरित कुनै पनि निर्णय गर्न नदिने बताउनुभएकाे हाे ।

उम्मेदवार जीवनले भन्नुभयाे “म तपाईहरुलाई के कुरा प्रष्ट पार्छु भने पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा प्रारम्भिक चरणमा छलफल मात्र भएको छ, सामान्य छलफल भएकै कारणमा हामीलाई अनावश्यक जोडेर भड्काउन खोजिएको छ, जनताका बिचमा भ्रम छर्ने प्रयास गरिएको छ ।” पोखरा २२ मा ल्याण्डफिल्ड राख्ने बिषयमा आफुहरुको कहि कतै संलग्नता नभएको र यस्ता बिषयको निर्णय गर्दा स्थानियको इच्छा विपरित आफुहरुले गर्न नदिने उहाँले दाबी गर्नुभयाे । उम्मेदवार जीवनले भन्नुभयाे “रामजी बरालको पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा कहि कतै संलग्नता छैन, स्थानीयको परामर्श गरेर मात्रै हामीले त्यसलाई अघि बढाउने छौं, सामाजिक संजालमा छरिएको कु प्रचारको भ्रममा नपर्न स्थानियलाई आग्रह गर्दछु ।”

पोखरा २२ को रणनितिक महत्व रहेको छोरेपाटन, चिसापानी हुदै कुभिण्डे जोड्ने सडक आगामी २ बर्षमा पिच गर्न बिषेश पहल गर्ने उम्मेदवार बरालले बताउनुभयाे । सिद्धार्थ राजमार्गको बैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडक आफ्नो पहलमा केही समयमै टेण्डर भई ढिलोमा २ बर्ष भित्र पिच हुने गरी निर्माण प्रकृया अघि बढाएको उहाँले जनाउनुभयाे ।
पुम्दी भुम्दीमा धेरै सम्भावना भएकोले उक्त सम्भावनालाई सहाकार रुप दिन जित आवश्यक भएको उहाँको भनाई थियो । कहि कतै तरङगित र भ्रमित नभई मेहनतका साथ गठबन्धनका उम्मेदवाहरुको अत्याधिक बहुमतले बिजयी गराउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई उम्मेदवार बरालले आग्रह गर्नुभयाे ।

उम्मेदवार प्रकाशले विकासको नाममा स्थानियको इच्छा विपरित कुनै पनि निर्णय गर्न नदिने दाबी गर्नुभयाे । गठबन्धनका उम्मेदवारको बहुमतले विजयी हुदाँ विकास र समृद्धि हुने उहाँले दाबी गर्नुभयाे ।

पोखरा २२, गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नेता नवराज बराल, एकिकृत समाजवादीका नेता जगन्नाथ बास्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का लगायतले वोलेका थिए ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन