राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताउनुभएको छ ।
शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रुपमा प्रश्तुत नभएको र नहुने प्रतिवद्धता जनाउनु भयो । उहाँले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताउनु भयो । उहाँले मुलुकको हितका लागि कानून बन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी यहाँ पार्टीगत रुपमा प्रश्तुत भएका छैनौँ । जातिगत रुपमा प्रश्तुत भएका छैनौँ । माननीय सदस्यहरुले इन्डिपेण्डेट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक । मुलुक सुहाउँदो रुपमा कानून बनोस् । हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ । हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ ।’
समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ ।