पोखरा, २१ माघ । पोखरा महानगरपालिका वडा नं. १७ पावर हाउसमा रहेको रामेश्वर युवा क्लबको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता क्लबका अध्यक्ष गणेश ढुङ्गानालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुरुवात भएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष शाहीले वडाको विकासका लागि आफुहरु निरन्तर लागिरहेको बताउनुभयो । समाजको विकास कुनै एक व्यक्ति र संस्थाले चाहेर मात्र सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष शाहीले सबैको सहयोगले वडाको विकास गर्ने बताउनुभयो । कतिपय काम गर्ने इच्छा हुदा हुँदै बजेटको अभावले बन्न नसकेको र आफ्नो क्षेत्राधिकार भन्दा बाहीर रहेकाले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा क्लबका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक शम्भु बरालले सबैलाई स्वागत गर्दै आगामी दिनमा क्लबको माध्यमबाट सामाजिक कार्य निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका सल्लाहकारहरु लिला प्रसाद पंगेनी, दिपेन्द्र आचार्य, पुण्डरी प्रसाद बराल, दुर्गा अधिकारी, डिआर भट्टराई, अन्य क्लबहरुको तर्फबाट युवा जागरणका अध्यक्ष टिका प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
रक्तसञ्चार केन्द्र कास्कीको प्राबिधिक सहयोगमा भएको कार्यक्रम क्लबका अध्यक्ष गणेश ढुङ्गानाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव नवराज आचार्यले गर्नुभएको थियो ।