fbpx

अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय संवेदनशील छ:- गृहमन्त्री

author

समाचारपाटी

१ महिना अगाडि

गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ ।  ।


बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भिर रहेको बताउनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माणमा सरकार क्रियाशील रहेको समेत दाबी गर्नुभयो । 

गृहमन्त्री लेखकले भन्नुभयो, ‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भिर र अत्यन्तै संवेदनशील रहेको छ । नेपालको संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ । म अत्यन्त जादा संवेदनशील छु । म कुनैपनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु । म आवद्ध रहेको पार्टी नेपाली काँग्रेस जन्मकालदेखि नै जातीय भिवेद र छुवाछुत विरुद्ध रहेको पार्टी हो । म अहिले र जीवनभर प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु । वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थी कालदेखि लड्दै आएको म अन्तरराष्ट्रिय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु ।’


अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेको भन्दै सत्येन्द्रकुमार र नेहा शान्तिपूर्वक बाँच्ने वातावरण मिलाइदिन याचना गरेको भन्दै समाचार सार्वजनिक गरिएका थिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन