fbpx

‘हामीले पुरानो मानसिकतामा रह्याैँ भने अघि बढ्न सक्दैनौँ’:-रमेशकुमार हमाल

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नियामक निकायहरुको भुमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताउनु भयो । काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताउनु भयो ।  बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताउनु भयो । उहाँले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजार फैलिने क्रममा छ । बजारलाई अब हामीले हाम्रो नियामक निकायहरुको हाम्रो भुमिका भनेको बजारको विकासलाई दीर्घकालीन, सस्टेन र संस्टेनिबिलिटी दुई वटा कुरामा जोड्नुपर्नेछ । गभर्नेन्सको प्रोटोकलमा हामीले उल्लेखनीय प्रगति गरिसकेका छौँ । तर त्यसमा हामी सबैको मार्केटसँग आवद्ध भएका नियामक निकाय हामी आफैँमा पनि काम गर्ने प्रणालीमा हामीले बदलाव ल्याउनुपर्नेछ । हामीले पुरानो मानसिकतामा रह्याैँ भने अघि बढ्न सक्दैनौँ । म आएदेखि नै सरकारी सिस्टममा काम गर्ने प्रणालीमा पनि प्रणालीगत सुधारको अपेक्षा राखेको थिएँ । केही कार्यक्षेत्रमा लागू पनि भइसकेको छ । बजारमा कुनैपनि कुराहरु यदी त्यसले बजारको लगानीकर्ताको ओभरल लगानीकर्ताको स्मल इन्भेटर्सको बेनिफिटमा छैन भने त्यस्ता नीति तुरुन्तै चेन्ज गर्नसक्छौँ । त्यो विज्ञाता हामीसँग छ । आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी लकिङसम्बन्धी सम्पूर्ण डिटेलहरु वेबसाइटमा अपडेट हुनुपर्छ । ३० दिनको समय र त्यो लकिन सकिएको एक हप्तासम्म पनि त्यो देखिनुपर्छ । लगानी कर्तालाई थाहा होस् की भोलि कत्रो भोलुममा कसकसको लकिन खुलेको स्टक बाहिर आउँदैछ । त्यसले मेरो प्राइजमा के प्रभाव पार्छ भन्नेकुरा लगानीकर्ताले बुझ्नुपर्छ । हाम्रो जस्तो यङ डेमोग्राफिक्स भएको देशमा राज्यको भुमिका भनेको सिक्काको दुई वटै पाटाको क्षमता हेर्नसक्ने र त्यसैअनुसारको नीति ल्याउनसक्ने र बाटो खोल्न सक्ने हो । सरकारले इकोसिस्टम बनाउने हो । अहिले मैले के क्लियर गर्न खोजिरहेको छु भने चाहे त्यो १० कित्ते नीति होस् वा १० प्रतिशतको नीति होस् । वा त्यो लकिन पिरेडेको नीति होस् वा दफा ३८ को सञ्चालकहरुको हस्तान्तरण सम्बन्धी कुरा होस्, हामीले सम्पूर्ण हाम्रो इकोनोमी र हाम्रो फाइनान्सियल इकोसिस्टमको यो देशमा यो देशको व्यवसाय जगतको विकासको लागि हो । हाम्रो प्रणालीमा हामीले व्यवसाय कसरी फैलिन्छ भन्ने कुराको कोर बुझेको छैन जस्तो लाग्छ । हामीले जति फ्रिडम दिनसक्छौँ व्यवसाय त्यति नै राम्रो हुने हो । हाम्रो काम भनेको बजारलाई स्याकल गर्ने होइन । बजारलाई खुला छोड्ने हो तर गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने हो । तर गल्ती गर्छ भनेर अनुमानमा सरकारले कडा नीति ल्यायो भने व्यवसाय फस्टाउँदैन ।’अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरु केन्द्रित हुनुपर्ने बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१६.३८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने