सिकाइको धरोहर बन्दै – ललितपुर लामाटारको ऐतिहासिक रामचन्द्र मन्दिर

author

समाचारपाटी

३ हप्ता अगाडि

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–९, लामाटारस्थित श्री रामचन्द्र मन्दिर आजकल केवल पूजा आराधनाको थलो मात्र नभई सांस्कृतिक सिकाइको जीवित केन्द्रका रूपमा विकसित हुँदै गएको छ। भजन, कीर्तन, गीता अध्ययन , वेद–श्लोकको अभ्यासदेखि धार्मिक ग्रन्थ अध्ययनसम्मका गतिविधिले यो मन्दिरलाई शान्ति, संस्कार र शिक्षाको त्रिवेणी बनाइदिएको छ।

मन्दिरमा भजन र बाद्य बादनको परिक्षण हुने र वालवालिकाहरुलाई बिभिन्न श्लोक तथा ग्रन्थहरुको अध्ययन गराउन थालेपछि रामचन्द्र मन्दिर सिकाईको केन्द्र बनेको श्री रामचन्द्र मन्दिर भजन समुहले शनिबार आयोजना गरेको समुहको चौंथो साधारणसभा कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् । श्री रामचन्द्र मन्दिर भजन समुहका अध्यक्ष विनोदकुमार पाठकका अनुसार भजन किर्तन, प्रवचनका साथै अध्ययन केन्द्रको रुपमा काम भैरहेको बताउनु भयो । हरेक दिन भजन किर्तन, विषेश अवसरहरुमा प्रवचन तथा विभिन्न अनुष्ठानहरु मन्दिरमा भैरहेको हुन्छ । साथै भजन समुहले भक्तहरुको घरमै पुगेर भजन किर्तनका कार्यक्रम गर्ने र उपत्यकाका अन्य भजन समुहसँग समन्वय गरेर सिकाई आदानप्रदान भ्रमण पनि गर्ने गरेको छ ।

रामचन्द्र मन्दिर परिसर प्रवेश गर्ने वित्तिकै प्रायजसो भजन किर्तनको अभ्यास भैरहेको देख्न सकिन्छ । प्राय सबै दिन भजन हुने र आफूहरूले काठ क्षेत्रको खैँजडी भजन संरक्षणको काम गर्न पाएको पनि राम मन्दिरकै कारण हो भन्नुहुन्छ पाठक । मन्दिरकै संयोजन र स्थानीय पण्डीत अनन्त पौडेलको दाजुभाईको सकृयतामा लामाटार क्षेत्रका वालवालिकालाई गीता अध्ययन र अन्य ग्रन्थहरुको अध्ययन गराउने काम प्रशंसा योग्य रहेको छ । अंग्रेजी माध्ययमा पढिरहेका बालवालिकालाई संस्कृत सिकाई र संस्कार सिकाई गरेर नमुना योग्य काम भएको छ ।

यस्ता कार्यले रामचन्द्र मन्दिर शान्ति, आनन्द र मुक्तिको त्रिवेणीको रुपमा विकास भैरहेको छ । यसको विकासको लागि महालक्ष्मी नगरपालिकाले सक्दो सहयोग गर्ने वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताउनुभयो । वडाका पुर्व अध्यक्ष बासुदेव गौतमले यस क्षेत्रका महिलाहरुले राम मन्दिरकै कारण भजनकिर्तन र संगित सिक्न पाएको बताउनुभयो । मन्दिरले गर्ने यस्ता गतिविधीले मन्दिरको प्रशिद्धी बढाईरहेको स्थानीय बताउछन् । ग्वार्को लुभू हुदै लामाटार पुगेपछि २ सय मिटर जति पश्चिम लागे पछि यो मन्दिर पुग्न सकिन्छ । शिखर शैलीमा बनेको सेतो रङ्गको रामचन्द्र मन्दिर अगाडी दक्षिण फर्किएका रामभक्त हनुमानको मूर्तिको समेत यहाँ दर्शन गर्न पाइने भएकाले यसले छुट्टै धार्मिक महत्त्व बोकेको छ । मन्दिरकै एक सुरमा रहेको शिलालेख अध्ययन गर्दा यो मन्दिर श्री शाके १७१० (वि.सं.१८४५) माघ शुक्ल सप्तमी सोमवारका दिन स्थापना भएको उल्लेख गरिएको पाइन्छ ।

स्थानीय गोपाल पाध्यायका वंशज ठूला घरे वृन्दका वामदेव पौडेलका नाति श्रीकृष्ण शर्माले सीता लक्ष्मण हनुमान सहितको मूर्ति स्थापना गरेको बत्ताइन्छ । खुट्या खेत मुरी २० तथा पूर्व पिपलको बोट पश्चिम देवालय देखि १२ हात उत्तर खोला दक्षिण मूलबाटो पार्टी देखि पूर्व पश्चिम दक्षिण पाँच पाँच हात साध गरी भित्रको जमिन फूलबारीको रूपमा श्रीराममा अर्पण गरेको भन्ने कुरा पौडेल कूल प्रकाशनमा उल्लेख छ । शृङ्गी ऋषि आश्रम, कामधेनु गाईको बासस्थान भएको यो क्षेत्रमा रहेको राम मन्दिरको छुट्टै खालको रहस्य रहेको हुनु पर्दछ ।

स्कन्दपुराण हिमवत् खण्डले बताएअनुसार अघि त्रेता युगमा चन्द्रवान् पर्वतमा शृङ्गी ऋषि रहन्थे । उनी कश्यप ऋषिका नाति विभाण्डक ऋषिका छोरा थिए, उहाँ मृगीकाका गर्भबाट जन्म लिएका पुत्र थिए । उनकै आचार्यत्वमा सम्पन्न पुत्रेष्टि यज्ञबाट राजा दशरथले राम, भरत, लक्ष्मण र शत्रुध्नको रूपमा चार छोरा प्राप्त गरेका थिए । सिस्नेरीको हालको शृङ्गी ऋषि गुफा आसपास बस्ने शृङ्गी ऋषिलाई लिन दशरथले ऋषिहरू पठाएका थिए ती ऋषिहरूका लागि प्रसिद्ध स्थान र तपो भूमिको रूपमा लिएका थिए । त्यसैले यो क्षेत्रको साथै रामचन्द्र मन्दिरको ऐतिहासिक तथा पुरातात्विक पक्षको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन