fbpx

नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरीः रामसहायप्रसाद यादव

author

समाचारपाटी

२ हप्ता अगाडि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । 


सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सबै मित्रराष्ट्रहरुसँग मित्रवत दुई पक्षिय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरुमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताउनु भयो । उहाँले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतिहरु थपिएको बताउनु भयो । नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको बताउनु भयो । उहाँले य उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरी शर्तहरु रहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवद्र्धनका लागि साझा प्रतिवद्धताका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन नेपालसहित अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामुहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने बताउनु भयो । नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अभिवार्य छ । यो सन्दर्भमा यस परिषद्को जिम्मेवारी र भुमिका झनै बढी हुनसक्छ । नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित छ । यि उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरी शर्तहरु हुन् ।’


उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन