fbpx

‘रामचन्द्र पौडेलले पदको मर्यादा र गरिमालाई बढाउनुहुनेछ’:-राजकिशोर यादव

author

समाचारपाटी

२ years अगाडि

जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘अधिकतम दलको सहमति भएको । त्यसकारण सहमति नै हो यो । उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वभाविक हो पार्टी त सरकारमा जान्छ नै ।’

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताउनु भयो । उहाँले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताउनु भयो । पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँ चर्चा भइरहेका उम्मेदवारहरुमा राम्रा उम्मेदवार, उत्तम उम्मेदवार हो । हाम्रो प्रयास थियो यसमा राष्ट्रिय सहमती होस् । अहिले अधिकतम सहमतिको उम्मेदवार उहाँ हुनुहुन्छ । त्यसैले यो व्यवस्था र संविधानको रक्षकको रुपमा उहाँको भुमिका सफल हुन्छ भन्ने सोँचका साथ उम्मेदवार बनाएका हौँ । उहाँ सर्वश्रेष्ठ उम्मेदवार हुनुहुन्छ । अब यो संविधान राष्ट्रपतिबाट पदीय दुरुपयोग हुँदैन । तलमाथि हुँदैन । व्यवस्थाको रुपमा पनि अगाडी जान्छ र उहाँले संविधानको रक्षा गरेर यसलाई समृद्ध बनाएर अगाडी बढ्नुहुन्छ । र पदीय मर्यादा र गरिमालाई उहाँले बढाउनुहुन्छ ।’

उहाँले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताउनु भयो ।

source:-newsagencynepal


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन