fbpx

अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रश्तुत हुन्छौँः राजकिशोर यादव

author

समाचारपाटी

१ महिना अगाडि

जनता समाजवादी पार्टी (जसपा), नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रश्तुत हुने बताउनुभएको छ ।


बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताउनुभएको हो । उहाँले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि  सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेको समेत उल्लेख गर्नुभयो । उहाँले सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भएपनि आफूहरुले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको समेत जानकारी दिनुभयो । 

उपाध्यक्ष यादवले भन्नुभयो, ‘हामीले अध्यादेश अध्ययन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छौं । निष्कर्षमा पुग्ने भन्ने आजको कार्यसूची थियो । तर संसदको कार्यसूचीबाटै अध्यादेश पेस गर्ने कार्यसूची हटाइयो । त्यो भइसकेपछि यसलाई अझै गहिरो तरिकाले अध्ययन गरेर अर्को बैठकमा निर्णयार्थ प्रश्तुत गर्ने भनेर आज छलफल भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले हिजो राति नै फोन गरेर एकचोटि भेट्ने भनेर बोलाइसकेपछि हाम्रो पार्टी  अध्यक्ष र म स्वयं भेटेका हौं । उहाँले अध्यादेशमा सहयोग गर्नुस् भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट कार्यदलले अध्ययन गर्दैछ । त्यसपछि दलको बैठक बसेर पार्टीले आधिकारिक निर्णय लिन्छ, त्यही निर्णयका आधारमा हामी अगाडि बढ्छौं भन्ने कुरा राख्यौं । सरकारको विषयमा र बाहिर आएका कुनै पनि विषयमा कुरा भएको छैन । सबै मिथ्या हुन् ।’


सरकारले ल्याएका अध्यादेशको सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन जसपा नेपाललले कार्यदल गठन गरेको थियो । जसपाले अध्यादेशको कन्टेन्टको आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन