भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छः राजकिशोर यादव

author

समाचारपाटी

१ year अगाडि

प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताउनुभएको छ । 


शुक्रबार भारत भ्रमण सम्बन्धि प्रतिवेदन समितिको बैठकमा प्रश्तुत गर्दै उहाँले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबी समेत गर्नुभयो । सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गर्नुभयो । सभापति यादवकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए । भारतीय सांसदहरुले आफूहरुसँगको भेटमा नेपालको समृद्धि आफूहरुको चाहना रहेको पनि बताउनुभएको पनि सभापति यादवको भनाई थियो । उहाँले आफूहरुले पनि भारतीय नेता तथा सांसदहरुसँगको भटमा नेपालको शिर ठूलो हुनेगरी प्रश्तुती दिएको दाबी समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘भारतको इकोनोमी र्यापिडली ग्रो भएको अवस्था हो । यो निर्माणमा नेपालीहरुको पनि भुमिका छ । त्यसैले हामीले तिमीहरुको यो विकासबाट नेपालीले लाभ पाउनुपर्छ । यो हाम्रो हक हो । त्यो मान्यता हामीले स्थापित गर्यौं । त्यहाँ हामीले नेपालको पक्षबाट मलाई छ, त्यहाँ हामीले नेपालको नाक उचो राख्नेगरी हामीले प्रश्तुती गर्यौं । र त्यो कुरामा उनीहरुले पनि के पाए भने उनीहरुको यो पछिल्लो अवस्थामा हामीले जे भारत बुझिरहेका छाैँ, त्यो रहेनछ । भारत अब दुनियाँलाई लिड गर्छौं भन्ने मनोविज्ञानबाट र त्यसको लागि हामी नेपालसँग एकदम सुमधुर सम्बन्ध, नेपालका सार्वभौमिकता, नेपालको सम्मानलाई हामीले सम्मान गर्दै अब हामीलाई यो सानोतिनो कुरामा अल्झिनु छैन । हामी चाहीँ एक प्रकारको ग्लोबल एरिनामा लिड गर्नेतर्फ गईसकेका छौं । भारतले नेपालको समृद्धि चाहेको छ । नेपालको हित चाहेको छ । यदी कहीँकेही छ भने हाम्रो इन्गेजमेण्ट बढाऔं । संवादको माध्यामबाट समाधान गरौं । हामीहरुले तपाईहरुले लगाएको गुणको उच्च मूल्यांकन गर्छौं भन्ने त्यहाँको प्रश्तुती रह्यो । र त्यहाँ हामीलाई हिनताबोध गर्नुपर्ने वा हामी कमजोर छौं भन्नुपर्ने कुनै कारणबाट, एङ्गलबाट हामीलाई त्यो अनुभूति भएन । मलाई त अब साथीहरुले पनि भन्नुहुन्छ–बरु हामीले अलिकति लिड गरे जस्तो लाग्छ त्यहाँ । हामी आफ्नो हात माथि राखेर प्रश्तुती रह्यो । र, उहाँहरुले त्यो कुरालाई सहजै स्वीकार पनि गर्नुभयो । भारतको संसद टेक्नोलोजीमा धेरै अगाडि भइसक्यो । पेपरलेस भइसक्यो । त्यहाँको भोटिङ सिस्टम त्यही सिटमा राखिएको प्रविधिबाट हुन्छ । अर्को उनीहरु एक स्वरले नेपाललाई हामी धेरै माया गर्छौं । नेपालसँग हामी राम्रो सम्बन्ध बनाएर जान चाहन्छौं । त्यहाँका सांसदहरुले यतिसम्म भने कि नेपाल भनेको हाम्रो विश्वास हो । नेपाल भनेको हाम्रो लागि इमान्दार पार्टनर हो । हामी त्यही अनुसार अघि बढ्न चाहन्छौं ।’

सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो । भ्रमणका क्रममा सो टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसद अन्तर्गतको विदेश मामिलासम्बन्धि संसदीय समितिका सांसदहरुलगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन