‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ :-राजीव पहारी

author

समाचारपाटी

३ years अगाडि

पोखरा । गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएकाे छ । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उहाँले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गर्नुभयाे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाविक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि कास्की ३(२) का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा, पार्टी पंक्ति नेता÷कार्यकर्ताको समसाथप्रति म आभारी छु’–पहारीले भन्नुभएकाे छ ।

पहारीले विगत दुई महिनादेखि सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी नेता÷कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, अभियानमा जुटेका साथीहरु, मतदानकै लागि देश बिदेशबाट छुट्टी मिलाएर आएका शुभचिन्तक, माहौल सिर्जना गर्न अहोपात्र खटिने सिर्जनशिल कलाकार र स्वयंसेवकहरु सबैप्रति कृतज्ञ रहेको जनाएका छन् । ‘भौतिक रुपमा उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु–पहारीले आभार वक्तव्यमा उल्लेख गर्नुभएकाे छ ।

निर्वाचन पराजयको जिम्मेदवारी आँफैले लिंदै उहाँले भन्नुभएकाे छ – ‘निर्बाचन जित्दा मेरो कारणले र हार्दा अरुका कारणले भनि आरोप प्रत्यारोप प्रवृत्तिबाट माथि उठि यस प्रतिकूल परिणामको नैतिक जिम्मेवारी म मेरै काँधमा लिन्छु । यस परिणामको ठण्डा दिमागले बस्तुनिष्ठ समिक्षा गर्दै यसलाई भबिष्यको राजनीतिक मार्ग दिशाकालागि पाठको रुपमा ग्रहण गर्ने बाचा गर्दछु ।’


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...