fbpx

उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष राजेश अग्रवाल

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले उद्योगहरुको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताउनु भयो । उहाँले युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा युवाहरुले राम्रो काम गरिरहेको बताउनु भयो । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा जुन हिसावले उद्योगहरु समस्यामा परेको छ । ब्ल्याक लिस्टिङ बढिरहेको छ । यो एकचोटी क्रस द बोर्ड सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने हुन्छ । युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा छ । मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र हो । सूचना प्रविधिको क्षेत्रमा हाम्रा युवाहरुले राम्रो काम गरिरहेका छन् । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा प्रवद्र्धन गर्न अति आवश्यक छ ।’


अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू