fbpx

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौति : तपाई बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ

author

समाचारपाटी

२ years अगाडि

नेकाठमाडौं । कपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ । 


आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरु त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पार्नुभयो । उहाँले सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ । हामीले जस मात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन ।

यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो तपाईहरु चुप लाग्नुस्, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने उत्तर दक्षिण जोड्ने केही महत्वपूर्ण आयोजनाहरुलदाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी अयोाजना, पुलहरुमा पैसा हाल्ने अरुमा पैसा प्रयोग नगर्ने भनेर शुरु गरेको भए हामीले दुई दिनमा संसदमा छलफल सक्दथ्यौँ ।

यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’

उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गर्नुभयो । 


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर