पार्टी निर्माणकै चरणमा छौँ, देशभर बिस्तार हुन सकेको छैनः राजेन्द्रप्रसाद पाण्डे

author

समाचारपाटी

१ महिना अगाडि


नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु पार्टी निर्माणको चरणमै रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) भर्खरै निर्माण गरेको पार्टी भएको बताउँदै देशभर बिस्तार गर्ने चरणमा रहेको बताउनु भयो । उहाँले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट नभइसकेको बताउनु भयो । नेतृत्व निर्माण गर्ने बेलामा विवाद गरेर बस्न नहुने भन्दै उहाँले संगठनलाई सफल बनाउन लाग्नुपर्ने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘हामीले भर्खरै पार्टी निर्माण गरेका छौँ । हाम्रो पार्टी देशभर ७५३ वटा पालिका, सातै वटा प्रदेश, सबै ठाउँमा जुन तहको फैलावट हुनुपर्ने हो त्यो भइसकेको छैन । त्यसैले यतिबेला नेतृत्व निर्माण गर्ने बेलामा हामी विवाद गरेर, एक अर्कासँग झगडा गरेर, एक अर्काबीच असमझदारी सिर्जना गरेर गयौँ भने हामी यो संगठनलाई पनि सफल बनाउन सक्दैनौँ ।’


वरिष्ठ उपाध्यक्ष पाण्डेले देश निर्माण महिलाहरुको भुमिका अविष्मरणीय रहेको उल्लेख गर्नुभयो । महिला नेतृत्वलाई अझ बढी सशक्त बनाउने काममा लाग्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन