fbpx

‘सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेन’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनुभएको छ । 


सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नक्कली भूटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताउनु भयो । उहाँले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताउनु भयो । उहाँले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासिन दलहरुबाट भ्रष्टाचारका घटनाहरु हुन थाले । संसदीय व्यवस्था सँगसँगै पँझेरो भित्रियो । सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो । आज को छ भ्रष्टाचारी होइन, को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ । भ्रष्टाचार हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला अब हाम्रो वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ ।

वडा अध्यक्षले योजना तोक्ने वडा अध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडा अध्यक्षको सालोले ५१ सय लिने । यता घटना आज शुरु भएका छन् ।

यो भ्रष्टाचारका गतिविधिलाई सचेतता पूर्वक नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नुपर्छ । नक्कली भूटानी शरणार्थी काण्डको बारेमा संसदमा मैले नै पहिलो कुरा उठाएको हो ।

त्यो बेला प्रतिपक्ष दलका प्रमुख सचेतकले हाम्रा नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो । अपराध गर्ने मान्छे अपराधको नजरमा सांसद मन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्छ भनेको थिएँ ।

आज त्यो भूटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्ले छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन । यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ ।’ 

उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन