हिन्दु अधिराज्य र राजा स्वीकार्ने भए काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार छःराजेन्द्रप्रसाद लिङदेन

author

समाचारपाटी

१ year अगाडि


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गर्नुभयो । उहाँले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताउनु भयो । उहाँले धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताउनु भयो । उहाँले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन् । तर हामी सधैँ भन्छौँ, धर्मबिहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन । धर्म र राजनीति वा राष्ट्रियता र धर्मलाई अलग राख्यो भने के हुन्छ भन्नेकुरा अहिले देखिरहनुभएको छ । धर्मलाई राजनीतिसँग अलग गर्दा, धर्मलाई राजनीतिसँग अलग ढंगले बुझ्दा मानिसहरुलाई आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइ पैसा कमाउने बुद्धि आउँछ । धर्मसहितको राजनीति गर्नुपर्छ, धर्म बिनाको राजनीति हुँदैन भनेर हिँड्ने थोरै मान्छे छन् । हिन्दु धर्म, राष्ट्र वा हिन्दु अधिराज्य त्यो चिज माला जपेर नारा लगाएर मात्रै आउँदैन । त्यसका केही पद्धति र प्रक्रियाहरु छन् । त्यसको लागि तपाईहरुले दिलदेखि मत परिवर्तन गर्नुपर्छ । मैले चुनाव जितेँ भने नेपालमा हिन्दु अधिराज्य कामय गर्छु भनेर आएको व्यक्तिलाई जिताउनुपर्छ । पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान् । तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे । नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ति पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा काँग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’ 

अध्यक्ष लिङदेनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चहेर मात्रै धर्म निरपेक्षता नआएको बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन दाहाल भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनु भयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो राप्रपा कम्युृनिष्टसँग के कम्युनिष्टसँग भन्नु एमालेसँग बढी मिल्छ भन्ने पीर पिराउ छ, काँग्रेसीजनहरुलाई । चन्द्रजीसँग राम्रो सम्बन्ध छँदैछ । अब चन्द्रजी जस्तो तपाईहरु सबै हुनुभयो भने त तपाईहरु सबैसँग मिलिहाल्छौँ नि । सरकारमा जाँदा भन्दै हुनुहुन्थ्यो, सरकारमा जाँदै नजानु त भन्न मिल्दैन, तर माओवादीलाई नै किन भनेर प्रश्न गर्नेहरु मैले भेटेँ । मैले माओवादी अथवा प्रचण्डलाई किन नमान्नुपर्ने भनेको गणतन्त्र ल्याउने, धर्म निरपेक्षता ल्याउने, संघीयता ल्याउने भनेको यही प्रचण्ड हो । तिमीहरु यही चिजको बिरोध गर्छौं अनि यसैलाई मान्छौ भने । मैले भने र आज पनि भन्छु, प्रचण्डले त सिधा इमान्दारितासँग भनेका थिए, आन्दोलन घोषणा गर्दै । गणतन्त्र, धर्म निरपेक्षता चाहिन्छ भन्ने उनै हुन् । प्रचण्डले चाहेर मात्रै आउँथ्यो, आउँदैन थियो । काँग्रेसले लाहछाप हानेपछि आएको हो । र नेपालले यो दुर्गति व्यहोर्नुपरेको हो । त्यसकारण प्रचण्ड भन्दा बढ्ता दोषी काँग्रेस हो । कि काँग्रेस सच्चिनुपर्छ की हामी सबै मिलेर यो काम लाग्दैन भनेर सक्नुपर्छ । राष्ट्रिय सभामा पनि घुमिफिरी एमाले र राप्रपा मिल्यौँ । एमालेले हामी मिल्दा प्रतिष्पर्धा हुने रहेछ, तपाईहरु एक सिट लिनुस्, हाम्ी एक सिट लिन्छौँ भन्छ, हाम्रो सानो सिट संख्यालाई पनि बराबरको मान्यता दिन्छ । काँग्रेस भन्ने पार्टी राप्रपालाई अछुत जस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौँ त ? हिन्दु अधिराज्य मानौँ, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔँ, प्रदेश खारेज गरौँ । बाक्लो जनप्रतिनिधि घटाऔँ । न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔँ । काँग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा काँग्रेसको भाइ भएर हिँड्न तयार छ ।’ 

अध्यक्ष लिङदेनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जाने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन