fbpx

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छः अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताउनुभएको छ ।
आईतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताउनु भयो । उहाँले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताउनु भयो । उहाँले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस— नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताउनु भयो । सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताउनु भयो । काँग्रेस— नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले आफ्नो क्रियाशिलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । प¥यो भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो । आज काँग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरु जनताको बीचमा जान सकिरहेका छैनन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् । अब प्रधानमन्त्री, मन्त्रीहरुले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । काँग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरुको क्रियाकलापबाट जनता पूर्ण रुपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहीँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त ।’ अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन