निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न सक्दैनः अध्यक्ष लिङदेन

author

समाचारपाटी

१ year अगाडि


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ । 
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताउनु भयो । उहाँले सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताउनु भयो । उहाँले ऐन, कानून लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गर्नुभयो । उहाँले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बतउनु भयो । उहाँले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानून बन्दैन र सरकारमा बस्नेहरुको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन । त्यस कारण सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्छ । तपाईले जतिसुकै ठूलो लागनी सम्मेलन गर्नुस् न, तपाईको ऐन, कानून लगानीमैत्री छैन भने कसले लगानी गर्छ ? अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन भए की भएनन् ? त्यसबाट हेर्नुस् । देश लगानीको लागि तयार छ की छैन । त्यो कुरामा टुंगोमा पुग्नुपर्छ । आज निजी क्षेत्रको मनोबल खस्किँदो छ । सबैले हेप्ने क्षेत्र भनेकै निजी क्षेत्र बनेको छ ।’


उहाँले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.३५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन