fbpx

कृषिकर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई दिनपर्छः अध्यक्ष राजेन्द्र मल्ल

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । 


मंगलवार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गर्नुभएको हो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनेगरी  तत्काल रणनीतिक योजना बनाउन आग्रह गर्नुभयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताउनु भयो । उहाँले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरु आयात गरी उपभोग गरिरहेको बताउनु भयो । उहाँले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्र्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हस्तकलाका सामग्री,खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र आयातमुखी हुन पुगेको छ । कृषिप्रधान देश नेपालले वार्षिक खबौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामग्रीहरु आयात गरी उपभोग गरिरहेको अवस्था छ । मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक छ । तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन अति आवश्यक छ । हस्तकलाका सामग्री,खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरिनुपर्छ । आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न चेम्बरको माग छ । नेपालमा काठको आयातलाई बन्द गर्नुपर्छ । भन्सारका मुख्य नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टटाइन ल्याव स्थापना गरी निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित तुल्याउनुपर्छ । गाँजा खेतीलाई कानूनी मान्यता दिनुपर्छ । कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता पाउनुपर्छ । कृषिकर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई प्रादान गरिनुपर्छ भन्न चाहन्छु । भन्सारमा कारोबारमूल्यलाई मान्यता दिई सन्दर्भ मूल्य ढड्डाबाट पैसा उठाउने विधि छ । तत्काल खारेज गर्नुपर्छ । युवाहरुलाई रोजगारी दिने गरी सरकारले तत्काल रणनीतिक योजना बनाउनुपर्छ ।’

उहाँले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न माग गर्नुभयो । उहाँले नेपालमा काठको आयातलाई बन्द गर्न माग गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर