‘देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ’:- अध्यक्ष राजेन्द्र लिङदेन

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभएको हो । उहाँले देशले अवलम्वन गरेको प्रणाली नै दोषि रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताउनु भयो । उहाँले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गर्नुभयो । उहाँले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले अवलम्बन गरेको प्रणाली दोषि छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन । अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारि सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन । अहिले जनताले के भन्छन्, लुटतन्त्र हो । केही सिमिति राजनीतिक दल र ति सिमित राजनीतिक दलका पनि सिमित नेताहरुका मुठीमा देश कैद भयो । उनीहरुको लागि मात्रै भयो । त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन । देशलाई यही अवस्थामा राखिराख्न सकिँदैन । म भन्न चाहन्छु, सबै दलहरुको ध्यानाकर्षण गर्न चाहन्छु, केवल सरकारको मात्रै होइन, सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गर्न चाहन्छु । राप्रपाले पछाडी फर्किने कुरा गरेको होइन । तर अब देश यहीँ बसिराख्न पनि सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ । कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो । हाम्रो अहम् तुष्टिको लागि देशलाई बन्धक नबनाऔँ । सबै मिलेर नयाँ सम्झौता गरेर नविन बाटोमा देशलाई अगाडी लैजाऔँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

उहाँले विभिन्न भ्रष्टाचारका काण्डहरु आएपनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन