‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्यो’:- राजेन्द्र लिङदेन

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गर्नुभएको छ । 

विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उहाँको जिकिर थियो । शनिबार काठमाडाैँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्याउनु भयो । उहाँले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । 

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘हाम्रो विगत १५ वर्षको अभ्यासले प्रमाणित गर्यो–गणतन्त्र मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा अनुपयुक्त रहेछ भन्ने मात्रै होइन, असफल भएको छ । देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ–ठूलो राजनीतिक दल हौं भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरुले कोर्स करेक्शन गर्न तयार हुनुपर्यो, नयाँ सम्झौताका लागि तयार हुनुपर्यो । राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको हामीले पछाडी फर्किउँ भनेको होइन । त्यो बुझनुभएन । हामीले पछाडि फर्कने कुरा गरेको होइन । तर यही बसिराख्न पनि सकिन्न । अब देशले यो धान्न सक्दैन । अब हिजोका पनि राम्रा, आजको पनि राम्रा कुराहरु समेटेर अब नयाँ सम्झौतामा जानुपर्यो । र हामीले नयाँ बाटो तयार पारेर अगाडि जानुपर्यो भनेर राप्रपाले भनेको हो । त्यसकारण हामीले पछाडि फर्कने कुरा गरेको छैनौं । र यही बस्न पनि हामी मञ्जुर छैनौं । अब देशलाई नयाँ बाटोमा लैजानुपर्छ । जहाँ अब माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था अब हामीले निर्माण गर्नुपर्छ ।’अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरु बसिरहने पक्षमा नरहेको पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन