सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

author

समाचारपाटी

३ हप्ता अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गर्नुभएको बताउनुभएको छ । 

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताउनु भयो । उहाँले संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध रहेको बताउनु भयो । भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाउनु भयो । संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद अवद्ध भइरहेको बेलामा वा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध मानिन्छ । पहिले दुई वटा महत्वपूर्ण राजनीतिक पार्टीहरुले देशको महत्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको छ । त्यो संसदीय मर्यादा र परम्परा विपरितको काम भएकाले त्यस्तो बैठकमा सहभागी हुनु अनुचित ठानेर संसद बैठक बहिष्कार गरेको छ । जबसम्म संसद सही प्रकारले चल्दैन तबसम्म यस प्रकारको बैठक बहिष्कार गराइराख्छौँ । बैठकमा भाग नलिएको समयको भत्ता हामी लिँदैनौँ ।’
उहाँले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाउनु भयो । सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताउनु भयो । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ