देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा पुगेको बताउनुभएको छ ।


शनिवार मधेस प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको बताउनु भयो । उहाँले राज्यले उठाउने राजश्वले नेता तथा कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दुःखद् अवस्था रहेको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकोमा एक दशकमा ऋण बढेर २६ खर्ब ७६ अर्ब पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा छ । र हामी हाम्रो समयकै खराब अवस्थामा छौँ । अहिले देशको राजश्वले अथवा देशले जति पैसा उठाउँछ राजश्व त्यसले नेताहरुलाई कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पुग्दैन । कर्मचारी र नेतालाई तलब भत्ता खुवाउनका लागि हरेक महिना राज्य ऋण लिनुपर्ने अवस्था छ । भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले बताउँछ । जब हाम्रो आम्दानीले देशको साधारण खर्च पुग्दैन भने देशको अवस्था ठिक छ ? यो संघीयता कार्यान्वयन हुनु भन्दा अगाडि अर्थात यो संविधान जारी हुनुभन्दा अगाडि देशको ऋण ६ खर्बमा थियो । आर्थिक वर्ष २०७२÷७३ मा हाम्रो ऋण राष्ट्रिय ऋण ६ खर्ब १५ अर्ब थियो, अहिले यहाँ पुग्दा हाम्रो राष्ट्रिय ऋण २६ खर्ब ७६ अर्ब पुग्यो ।’


अध्यक्ष लिङदेनले आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न कारणले देशको अवस्था चौपट रहेको बताउनु भयो । उहाँले देश असफल राष्ट्रको दिशामा अग्रसर भइरहेकाले समयमै खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।  

–न्युज एजेन्सी नेपाल 


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.५८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’