राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षक बीचको विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा

author

समाचारपाटी

२ महिना अगाडि

राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ । 

मधेस प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिव ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ । विश्वविद्यालयको भीसी, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीहरु नभएको करिव ११ महिना बढी भइसक्यो । विश्वविद्यालयमा ११ महिना अघिका प्रायः सबै पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाश प्राप्त गरिसकेका छन् तर सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन । विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरुले समयमा नै परीक्षामा फर्म भर्न समेत नपाएको विद्यार्थीहरुको गुनासो छ । विश्वविद्यालयको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यववस्थापन कमजोर रहेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई परेको समस्या क्याम्पस प्रमुखलाई भन्न समेत अहिलेसम्म प्रमुख समेत नभएको गुनासो गर्नुभयो । उहाँले परीक्षाको लागि परीक्षा फर्मको लागि पहल गर्ने समेत कोही नभएको बताउनु भयो । उहाँले विश्वविद्यालयका कर्मचारी र शिक्षकको विवादका कारण विद्यार्थीको पढाइमा समस्या भएको बताउनु भयो । उहाँले विद्यालयमा भर्ना भएको हिसावले हेर्दा अहिले पाँचौं औँ सेमेस्टरको पढाइ हुनुपर्ने भएपनि अहिलेसम्म तेस्रो सेमेस्टरको परीक्षाकै तयारीमा विद्यार्थीहरु रहेको बताउनु भयो । 

त्यस्तै अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताउनु भयो । उहाँले बैंकमा परीक्षा दस्तुर बुझाएर पनि परीक्षा फारम कहाँ गएर भर्ने भन्ने कुनै टुङ्गो नभएको बताउनु भयो । उहाँले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री भएपनि अहिलेसम्म राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान नभएको बताउनु भयो । उहाँले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विद्यार्थीहरुले जानकारी दिन जाँदा राजर्षि जनक विश्वविद्यालयको विषयमा जानकारी समेत नभएको बताउनु भयो । उहाँले विश्वविद्यालयलाई बचाउनका लागि केन्द्र सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो । 

विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताउनु भयो । उहाँले सरकार विश्वविद्यालय स्थापना गरेर पदाधिकारी बिहीन हुँदा समेत मौन बस्नु जायज नभएको बताउनु भयो । उहाँले विश्वविद्यालयको आफ्नो भौतिक संरचना नरहेकाले समेत समस्या बढ्दै गइरहेको बताउनु भयो । उहाँले विश्वविद्यालयको आफ्नो भौतिक संरचना तयार भइदिए आधाभन्दा बढी समस्या समाधान आफैँ भएर जाने दाबी गर्नुभयो । उहाँले विश्वविद्यालय पदाधिकारी र शिक्षकहरु अनुसाशित नहुँदा समस्या भएको बताउनु भयो । उहाँले विश्वविद्यालयमा आउने कर्मचारी र शिक्षकहरुले विश्वविद्यालय बचाउने भन्दा पनि महत्वकाक्षा बढी राखेकाले अहिले समस्या आएको बताउनु भयो ।

राजर्षि जनक विश्व विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालयको स्थापना तथा पदाधिकारीहरुको नियुक्तिसँगै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ । कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई आन्दोलनको केन्द्रमा परिणत हुँदै आइरहेको छ । विश्वविद्यालयका उपकुलपति झा २०७८ पुस २६, रजिष्ट्रार यादव २०७८ माघ ७, सेवा अयोगका अध्यक्ष लाभ माघ १० गते सेवा निवृत भएपनि अहिलेसम्म सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.२७°

-
Clouds