fbpx

पोखरामा नेपासा भोजनालयले ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ गर्ने

author

समाचारपाटी

२ years अगाडि


पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवद्र्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ ।

नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुले नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखी सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभएकाे हाे ।

कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वसा सहित कार्यक्रमको आयोजना गर्न लागिएको उहाँको भनाइ थियो । भुजेलले स्थानीय रुपमा उपलव्ध हुने खाद्यान्न लगायतका वस्तुको सदुपयोग गर्दै स्वरोजगारको सृजना गरी आर्थिक रुपान्तरणमा सहयोग पुग्ने लक्ष्य लिईएको बताउनुभयाे ।

कार्यक्रमका नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले पोखरा आउने पर्यटकहरुले प्रकृति, संस्कृति तथा साहसिक गतिविधिका लागि आउने गरेको जनाउँदै अब थप प्रवद्र्धन गर्न यहाँको रैथाने खानालाई जोड दिएर ब्राण्डिङ गर्न सकिने बताउनुभयाे । उहाँले विभिन्न थाइ, इटाली लगायतका देशहरुका खाना अन्तराष्ट्रिय रुपमै ब्राण्डिङ भएको जनाउँदै नेपाली रैथाने खानका स्वादलाई पनि विविधता दिन सके पर्यटनको रोजाइमा पर्ने धारणा राख्नुभयाे ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारीले नेपालमा पर्यटन प्रवद्र्धनको लागि विभिन्न आयामबाट जोडन सकिने बताउनुभयाे । उहाँले नेपासाले रैथाने खानाका स्वादिष्ट परिकारका सप्ताहव्यापी कार्यक्रम गर्नु निकै प्रशंसनीय भएको जनाउँदै पर्यटकले नेपालको विविध सांस्कृतिक विविधतालाई मन पराउने भएकाले यसै अनुसारको रैथाने खानाका परिकारमा पनि जोड दिन सके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

पाकशास्त्री सन्दिप खत्री नेपालका रैथाने परिकारको ब्राण्डिङ हुन नसक्दा विदेशी मेनुहरु मात्र हरेक होटल रेष्टुरेन्टमा हुने गरेको बताउनुभयाे । उहाँका नेपालमा उत्पादित कोदो, गहुँ लगायतका अन्नबालि, फलफुल,तरकारीहरु बाट थुप्रै प्रकारका खाना तयार गर्न सकिने तर यस तर्फ सरोकारवालाहरुले अझै चासो दिन नसक्दा विदेशी स्वादलाई मात्र हरेक
होटल रेष्टुरेण्टमा पस्किने गरेको बताउनुभयाे । उहाँले यो सप्ताहव्यापी कार्यक्रमले रैथाने खानाको स्वाद र परिकारलाई प्रचारप्रसार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

रैथाने परिकारहरुमा पूर्वि नेपालका राई लिम्वु जातीका खाना, सून्य क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस लगायतका रहने संयोजक भुजेले बताउनुभयाे । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बिबि क्यू लगायतका परिकारहरु रहने भएका छन् । उहाँका
अनुसार यो सप्ताहव्यापी कार्यक्रममा र प्रख्यात सेफहरुको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरु बनाउने र तिनका बारेमा जानकारी दिईने छ ।

इभेन्टमा सहभागि हुनेहरुका लागि गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाईडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिईने भएको छ । साथै फेवातालमा डुंगा सयर गराईने भएको छ । कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एशोशिएसन अफ सेफ संस्थाले प्रमाण पत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा शुरु गरिने भएको छ । सोहि अवसरमा प्रशान्त खनालद्वारा लिखित पुस्तक ‘टिमुर’को विमोचन र संचारकर्मी दीपेन्द्र पहारीद्वारा लिखित ‘हिप्पी टुरिजम’ पुस्तकको विमोचन गरिनेछ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर