fbpx

आज देशका धेरै ठाउँमा वर्षा : केही ठाउँमा हिमपात, भोलि भने मौसम सफा रहने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । पछिल्लो १२ घण्टामा कर्णालीको तल्लो डुङेश्वरमा १० दशमलव २ मिलिमिटर, लुम्बिनीको नेपालगञ्ज विमानस्थलमा ११ दशमलव ४ मिलिमिटर, बबै जलाधारको पदम पुरमा २५ दशमलव ८ मिलिमिटर र सल्यान बजारमा १९ दशमलव ९ मिलिमिटर पानी परेको छ ।

यस्तै, दाङमा १३ दशमलव ८ मिलिमिटर, बर्दघाटमा १६ मिलिमिटर, बाग्मतीको सिन्धुलीगढीमा ३ दशमलव ४ मिलिमिटर र कोशी प्रदेशको दमकमा १८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यो बेला धेरै ठाउँमा भारी वर्षा भएको देखिएको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो । अहिले सक्रिय प्रणाली भोलि दिउँसोसम्म नै रहने उहाँले बताउनुभयो ।

भोलि दिउँसो पछि मौसम केही सफा भए पनि पर्सि फेरि अर्को प्रणाली सक्रिय भइ देशभर फैलने र बुधवारपछि मात्र मौसम सफा हुने जलवायु विज्ञ उप्रेतीले बताउनुभयो । अहिले पश्चिमी वायुको कारण भारतको जम्मु कश्मिरमा एउटा न्यून चापीय अवस्था बनेकोले अहिले नेपालमा वर्षा तथा हिमपात भइरहेको र आसाममा अर्को प्रणाली सक्रिय हुन थालेकाले पर्सिदेखि पुनः मौसम बदली हुने उहाँले बताउनुभयो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन