fbpx

‘सुन काण्डमा सरकार आफैँ संलग्न छ, प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्नुपर्छ’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा(एमाले)का सचिव तथा सांसद रघुवीर महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा(एमाले)का सचिव तथा सांसद रघुवीर महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सुन तस्करीमा सरकारको अनुसन्धान मालिकसम्मै पुग्नुपर्ने भन्दै मुख्य मालिक सरकार प्रमुख पनि हुनसक्ने बताउनु भयो । उहाँले सरकार प्रमुखको संलग्नता छ कि सम्बन्धित मन्त्रीका मान्छेहरु छन् भन्नेमा छानविनले नै देखाउने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘कि त उच्चस्तरीय छानविन समिति गठन होस् र उसले जे निर्देशन दिन्छ, पहिलो चरणमा राजीनामा बाहेक अर्को विकल्प छैन । प्रधानमन्त्री पनि संलग्न छ कि छैन त्यो बुझ्नको लागि, त्यो छानविन गर्नको लागि र त्यसमा को–को सहभागिता छ, जुन स्रोतबाट आयो कि फलानो दिनमा यसरी सुन बाहिर निस्किँदैछ, त्यो स्रोतलाई त त्योपनि थाहा होला नि त्यो सुन कहाँ जाँदैछ । त्यसैले यसलाई छानबिन गरेर त्यसको मुख्य नाइकेसम्म पुग्नुपयो ।

एउटा मजदुरको नाममा कम्पनी खोलेर बैशाख यता ३३ पल्ट सुन भित्राइसकेको छ । ३३ पल्ट सुन त्यसै भित्रिएको छैन होला । दुईवटा मोबाइल ल्याउँदा त थाहा पाउँछ, एक तोलाभन्दा बढी सुन ल्याउँदा त थाहा पाउँछ भने एक क्विन्टल ल्याउँदा थाहा थिएन होइन ।

त्यसकारण त्यसको मुख्य मालिकसम्म सरकार पुग्नुपर्छ । तर मुख्य मालिक भनेको सरकार प्रमुख पनि हुनसक्छ, अर्थात सम्बन्धित मन्त्रीका मान्छेपनि हुनसक्छ । छानबिनले के भन्छ त्यस अनुसार अगाडी बढ्नुपर्छ ।’


उहाँले सरकारले चाहेको भएमा तस्करी गरिएको सुन भन्सारबाट पास नै नहुने बताउनु भयो । उहाँले सरकारकै संलग्नता र निर्देशनमा सुन बाहिर आएको दाबी गर्नुभयो । उहाँले सुन काण्डमा सरकार नियतवश आफैँ संलग्न रहेको बताउनु भयो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर