काठमाडौं I प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गर्नुभयो । उहाँले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताउनु भयो । दलितहरु माथि अझै विभेद भइरहेको भन्दै सामाजिक चेतना दिने काम राजनीतिक दलहरुले पनि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन् । मारिन्छन् । सप्तरीको बबिता ईश्वर भन्ने केटीले २१ वर्ष पुगेतापनि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन् । विवाह गरेर कपिलवस्तुको अदालतमा गएर जन्मदर्ता देखाएर दुवै जनाको उमेर २१-२१ वर्ष छ भनेर कपिलवस्तुको अदालतमा विवाह दर्ता भयो । तर केटीको बाबुलाई त्यो कुरा मन परेन ।
उनले वडा अध्यक्षलाई भनेर केटीको उमेर घटाएर । जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर केटीको उमेर घटाएर नाबालिग बनाएर केटालाई पनि जेलमा राखेको छ । केटाको दाजुलाई समेत अपहरणमा, शरिर बन्धकमा जेलमा राखेको छ ।
खालि प्रशासनको मात्रै होइन हामी राजनीतिक पार्टीहरुले कांग्रेस, एमाले, माओवादी जस्ता ठुला दलहरुले जनताका बिचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर प¥यौँ ।
प्रश्न उठेको छ, दलितले समान अधिकार कहिले पाउने ? दलितहरु पीडिको पिडित, मारिएको मारिएकै ? यस्ता विषयमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो । नक्कली जन्मदर्ता बनाउने वडा अध्यक्षलाई कारबाही गरियोस् ।’