पूर्वराष्ट्रपति भण्डारी पार्टीमा अध्यक्ष ओलीकै निर्देशन र सहमतिअनुसार अघि बढ्नुहुन्छः रघुवीर महासेठ

author

समाचारपाटी

२ दिन अगाडि

नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने बताउनुभएको छ ।

आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताउनु भयो । कार्यकर्ताहरु कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको बताउनु भयो । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमति र प्रश्तावमा आउने दाबी गर्नुभयो । संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन नभनेको र पार्टीको विधानले पनि कुनै बन्देज नगरेको बताउनु भयो । भण्डारी सक्रिय राजनीतिमा आउनेबारे सचिवालयमा पनि छलफल भएको र संविधानले बन्देज नलगाएको कुरामा पार्टीले सकारात्मक रुपमा नै लिएको बताउनु भयो । पार्टीको सदस्यता नविकरण गरेर भण्डारीले पार्टीमा कुनै अन्तरविरोध सिर्जना नगर्नुभएको बरु केही पार्टीकै नेताहरुले अन्तरविरोध सिर्जना गर्ने काम गरेको बताउनु भयो । पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेकपा एमालेको आन्तरिक जीवनका बारेमा कुरा आयो । नेकपा एमालेभित्र देशका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी जब सक्रिय राजनीतिमा आउने भन्नुभयो । उहाँले अहिलेसम्म रिन्यु मात्रै गर्नुभएको छ । तर कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । तर अहिले जुन प्रकारले बजार हल्ला छ, अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट गरिरहेको छ । दिनहुँ मिडियामा कित्ताकाटका समाचारहरु आइरहेका छन् । त्यसमा कुनैपनि सत्यता छैन । हामीमा कुनै अन्तरविरोध छैन । यदी उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रश्तावमा उहाँ आउनुहुन्छ । स्वभाविक छ, पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो । हाम्रो संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो । यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन । कुनै दफा, उपदफा छैन की । उहाँहरुको व्यक्तिगत विषय हो । उहाँले राजनीति गर्छु भनेर पार्टी सदस्यता रिन्यु गर्नुभएको छ । तर उहाँले पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । हाम्रा पार्टीका एक दुई जना साथीहरुले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’


सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताउनु भयो । एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराउनु 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ