fbpx

रेडियो जननीले आयोजना गरेको टिकटक मार्फत कविता प्रतियोगितामा विरौटाका सुवाश प्रथम

author

समाचारपाटी

२ years अगाडि


पोखरा । रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको टिकटक मार्फत कविता प्रतियोगितामा पोखरा विरौटाका सुवाश लामिछाने प्रथम हुनुभएकाे छ । पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्राको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा आयोजना गरेको कविता प्रतियोगितामा लामिछाने प्रथम हुनुभएकाे हाे ।

माता तिर्थऔँसीको अवसरमा “मातातिर्थ औँसीको महत्व” विषयको रेडियोमा आयोजित परिचर्चा कार्यक्रममा प्रतियोगिताहरुलाई पुरस्कार वितरण गरिईएको हो । प्रतियोगितामा रमेश सार्थक द्धितिय, मनिषा लामिछाने तृतीय र आयान अभिरल घिमिरे सान्वत्वना हुनुभएकाे छ । उहाँहरुले क्रमश १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नु का छन् । विजयी
प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य खड्का विखर्चीले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्तममा बोल्दै विखर्चीले महिलाहरुलाई कहिले भेदभाव नगरी अगाडी बढ्न प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि पोखरा प्रतिष्ठानका कुलपती पद्मराज ढकालले आमाको महत्वको विषयमा भनाई राख्नुभएको थियो । कार्यक्रममा रेडियोका अध्यक्ष हिरा भट्टराईले आमालाई स्वर्गारोहण भएपछि भन्दा जिवित हुदै सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

भट्टराईले आमाको सम्मानमा रेडियोले स्थापना गरेको आमा अक्षयकोषमा सहयोगी मनहरुवाट सहयोग आउने क्रम जारी रहेकोले सहयोग गर्ने मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ( सरु ), गौरी तमु र असफल गौतमले निर्णायको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताको पुरस्कार माल्टा बाट विष्णु रानामगर, कुन्ती मल पोखरा र इन्फोम्याटिक्स इन्ष्टीच्युटका प्रबन्ध निर्देशक प्रदिप थापाले प्रायोजन गर्नुभएकाे थियाे ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, मुक्तक मञ्च पोखराका अध्यक्ष विवेक भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा रेडियोका सल्लाहकार दुर्गा शाह बाबाको पनि सहभागीता रहेको थियो ।

कार्यक्रममा रेडियोका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो कार्यक्रम संयोजक सबु पाठकले
गर्नुभएको थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन