fbpx

राधाकृष्ण गुरुकुलका लागि एक लाख पाँच रुपैयाँको अक्षयकोष सहयोग

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ ।राधाकृष्ण मन्दिर शान्ति आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस्ता सहयोगले गुरुकुलको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोगका प्रति आभार व्यक्त गर्नुभयो । सहयोगी एवम् सहभागीलाई स्वागत गर्दै राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम खनालले गुरुकुलको सुव्यवस्थित एवम् दीगो सञ्चालनका लागि यस्ता सहयोगहरू आवश्यक भएको धारणा राख्नुभयो ।

कार्यक्रममा अद्वैत संस्थाका तर्फबाट अद्वैत ज्ञान मार्ग नेपालका बरिष्ठ सल्लाहकार सोमप्रसाद पौडेल, संरक्षक ठाकुरप्रसाद वाग्ले शास्त्री, अध्यक्ष सुवेदार डिलकुमार श्रेष्ठ, वेलचौतारा शाखा प्रमुख भगवती लामिछाने, कल्पवृक्ष शाखा सचिव कान्ता भट्टराईको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीको सभापत्वि एवम् विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीद्वारा सञ्चालित कार्यक्रममा अक्षयकोष सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य माधवशरण उपाध्यायले समन्वय गर्नुभएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर बस्नेत, हरिराज
घिमिरे लगायतको उपस्थिति थियो ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन