राधाचन्द्र स्मृति प्रतिष्ठानको १५ औं स्मृति दिवस, विविध सामाजिक कार्यक्रम गरी सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पर्वत । राधाचन्द्र स्मृति प्रतिष्ठान पर्वतको १५ औं स्मृति दिवस विभिन्न सामाजिक कार्यका साथ सम्पन्न भएको छ ।कार्यक्रमका अवसरमा कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा अबस्थित काफाल चौर माध्यमिक विद्यालयमा ५ लाख १ सय ११ रुपैयाँको अक्षय कोष र सुर्य प्रकास माध्यमिक विद्यालयमा २ लाख १ सय रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी लाई नगद र दोसल्ला सहित सम्मान गरिएको थियो । समाजिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राधा गुरुङ र चन्द्र गुरुङ प्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । सभापति शर्माले राधा चन्द्रले आफ्नो जिवनकालमा प्रजातन्त्रलाई संस्थागत गर्दै समाजमा खेलेको भुमीकाको स्मरण गर्दै प्रसंसा गर्नुभयो ।

सभापति शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा आज राजनीति र नेता प्रति वितृष्णा आएको बताउनुभयो । उहाँले राजनीति र सामाजिक सेवा गर्ने व्यक्तिले क्षणिक पद मात्रै हैन संधै भरी सम्मान पाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य कांग्रेस पुर्व केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी, निवर्तमान संघीय सांसद लालकाजी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भक्त कुंवर कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका गण्डकी प्रदेश सह महामन्त्री रामचन्द्र जोशी, राप्रपा केन्द्रिय ईच्छा बहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला, प्रदेश सदस्य सिता काफ्ले लामिछाने, नेपाली कांग्रेस पर्वतका उपसभापति डा.चुडामणिा शर्मा, निवर्तमान सचीव विश्व प्रकाश प्रसाईं, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु खगेन्द्र प्रसाद तिवारी, बसन्त बहादुर सिके, कांग्रेस पर्वतका बरिष्ठ नेता राम शर्मा पौडेल, राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, कुश्मा ३ दुर्लुङ्गका वडा अध्यक्ष तेज प्रसाद पाध्या लगायतले बोल्नुभएको थियो ।

प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ र राधाचन्द्रको जिवनी र कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने रेश्मी राज शर्माले प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षता स्वागत प्रतिष्ठानका सह सचीव प्रितम गुरुङ र संचालन सचीव उत्तम अधिकारीले गर्नुभएको थियो ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन