भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित हुनुभएकाे छ ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उहाँ अदालतमा उपस्थित हुनुभएकाे हाे ।
लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुग्नुभएकाे थियाे । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।
लामिछाने अदालतमा उपस्थित हुँदा अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने समाचार संकलनका लागि अदालतमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ ।
तस्बिर : सलमान खान