काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने तारिख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । तारिख बुझ्न उनी काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् । कास्की अदालतमा उहाँको यो दोस्रो तारिख हो ।
पोखराबाट उनी सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारिख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उहाँ धरौटीमा रिहा हुनुभएकाे थियाे ।
यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उहाँ धरौटीमा रिहा हुनुभएकाे थियाे । पर्साको सानो पाइला सहकारी ठगीमा भने उहाँविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।