वीरेन्द्रनगर । सुर्खेतका भेरीगंगा, लेकबेसी, गुर्भाकोट लगायतका पालिकामा रेबिज फैलिएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका २ दहस्थित नेत्रलाल शर्मा गैरेको दुहुनो भैंसी रेबिज लागेर मरेको हो।
भैंसीमा गत सोमबारदेखि मुखबाट र्याल निकाल्ने, मानिसलाई झम्टन खोज्ने, कुकुर जसरी कराउने लगायतका रेबिज रोगको लक्षणहरु देखिएका थिए। सुरक्षित साथ बाँधेर राखिएको भैंसी मंगलबार बाँधेको किलामै मरेको किसान गैरेले बताताउनुभयो।
भैंसीमा रेबिज देखा परेलगत्तै घर परिवारका सदस्यलाई रेबिजविरुद्धको खोप लगाएको छ। मरेको भैंसीलाई खाडलमा गाडिएको छ। अन्य पशु चौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन वडा कार्यालयले आग्रह गरेको छ ।